← समाचारमा फर्कनुस्
Football Jul 30, 2025 · Swadesh

फेलिक्स अल–नासर आबद्ध

फेलिक्स अल–नासर आबद्ध

काठमाडौं। पोर्चुगलका फरवार्ड जोआओ फेलिक्स मंगलबार साउदी क्लब अल–नासर आबद्ध भएका छन्। 

अल–नासर आएका २५ वर्षीय फेलिक्सले दुई वर्षको सम्झौता गरेका छन्। उनी अहिले त्यही क्लबमा खेलिरहेका क्रिस्टियानो रोनाल्डोका साथमा खेल्ने भएका छन्।

फेलिक्स युरोपबाट साउदी लिगतर्फ गएका पछिल्ला स्टार खेलाडी हुन्। साउदी अरब विश्व फुटबलमा शक्ति बन्ने योजनासहित ठूला खेलाडीलाई आकर्षित गर्दै आएको छ। तर, करिअरको सुरुआतमै अत्यधिक मूल्यमा अनुबन्ध भइसकेका फेलिक्सको यात्रा भने अपेक्षित उचाइमा पुग्न सकेको छैन।

सन् २०१९ मा बेन्फिकाबाट एट्लेटिको मड्रिड जाँदा उनीमाथि १४० मिलियन डलर खर्च भएको थियो। त्यसयता उनी चेल्सी, बार्सिलोना र पछिल्लो समय एसी मिलानजस्ता क्लबमा ऋणमा गएका थिए। 

भने हाल उनी आफ्नो करिअरको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक पुर्‍याएका छन्। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →