← समाचारमा फर्कनुस्
Football Aug 12, 2025 · Swadesh

इतिहादले आफ्नो नयाँ खेलाडीको रुपमा प्रीतिलाई गर्यो सार्वजनिक

इतिहादले आफ्नो नयाँ खेलाडीको रुपमा प्रीतिलाई गर्यो सार्वजनिक

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईलाई जोर्डनको क्लब अल इत्तिहादले आफ्नो टोलीको नयाँ खेलाडीको रुपमा गरेको छ।


उनलाई एएफसी च्याम्पियनसिप लिग २०२५/०२६ को प्रारम्भिक चरणका लागि अल इत्तिहाद क्लबले अनुबन्ध गरेको थियाे। उनी गत साउन ६ गते नै जोर्डन पुगेकी थिइन्। तर, उनलाई क्लबले सोमबार मात्रै अनुबन्ध गर्दै सार्वजनिक गरेको हो।


इत्तिहाद समूह ‘सी’ छ। यो समूहमा मलेसियाको केलाना युनाइटेड, सिंगापुरको लायन सिटी र किर्गिजस्तानको सड्युशोर एसआई एसियागोल रहेका छन्।


यो समूहको खेल मलेसियामा हुनेछ। इत्तिहादले पहिलो खेल अगस्ट २५ मा लायनसँग खेल्नेछ।


इत्तिहात क्लब जोर्डनको अम्मानमा अवस्थित छ। यो क्लबले जोर्डम महिला प्रो लिग खेल्दै आएको छ। यो ७ वर्षअघि (सन् २०१८ मा) मात्रै स्थापना भएको क्लब हो। क्लबमा पाकिस्तानी फरवार्ड नाइमा बोहानी पनि अनुबन्धित छन्।


यो क्लबले सन् २०२३ र २०२४ मा लगातार लिग जितेको थियो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →