TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Jul 14, 2026 · Swadesh

आईएसएलका लागि होस्ट शाइस फ्लोयड नेपाल आउने

आईएसएलका लागि होस्ट शाइस फ्लोयड नेपाल आउने

काठमाडौं। नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता इन्डोर सुपर लिग (आईएसएल) को दोस्रो संस्करण आगामी भदौ १७ गतेदेखि आयोजना हुँदैछ।

आयोजक काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालि. ले दोस्रो संस्करणलाई पहिलो संस्करणभन्दा अझ भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

यस संस्करणमा १० वटा फ्रेन्चाइज टोली सहभागी हुनेछन्। प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाकी अन्तर्राष्ट्रिय होस्ट, गायिका तथा गीतकार शाइस फ्लोयड नेपाल आउने आयोजकले जानकारी दिएको छ।

सन् २०२४ मा अमेरिकाको डलासमा आयोजित आईसीसी टी–२० विश्वकप का क्रममा नेपाली समर्थकमाझ सक्रिय रहेकी फ्लोयडले यसपटक इन्डोर सुपर लिगको दोस्रो संस्करण सञ्चालन गर्नेछिन्।

आयोजकका अनुसार फ्लोयडको सहभागिताले नेपाली इन्डोर क्रिकेटलाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउन तथा प्रतियोगिताको ब्रान्ड मूल्य अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक ज्योति भण्डारी ले भने, "इन्डोर सुपर लिगलाई नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय पहिचान दिलाउने हाम्रो लक्ष्य हो। शाइस फ्लोयडको सहभागिता त्यस यात्राको महत्वपूर्ण सुरुआत हो। यसपटकको संस्करण खेल, मनोरञ्जन र व्यवस्थापनका हिसाबले अघिल्लो संस्करणभन्दा अझ उत्कृष्ट हुनेछ भन्ने हाम्रो विश्वास छ।"

आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढिरहेको छ। खेल व्यवस्थापन, प्रत्यक्ष प्रसारण, प्रायोजन तथा अन्य प्राविधिक तयारी अन्तिम चरणमा पुगेको जनाउँदै नेपाली क्रिकेट समर्थकलाई उच्चस्तरीय इन्डोर क्रिकेटको अनुभव दिलाउने लक्ष्य राखिएको जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group H
1 Spain 3 7
2 Cape Verde Islands 3 3
3 Uruguay 3 2
4 Saudi Arabia 3 2
सबै समूह →