← समाचारमा फर्कनुस्
Football Jul 24, 2025 · Swadesh

इसाकको ‘बम सेल’: न्युकालस छाड्न चाहन्छन्

इसाकको ‘बम सेल’: न्युकालस छाड्न चाहन्छन्

गत साता लिभरपुलले एलेक्जान्डर इसाक किन्नका लागि न्युकासल युनाइटेडसँग सम्पर्क राखेको थियो । त्यसको जवाफमा सेन्ट जेम्स पार्कले भनेको थियो, यी स्विडेनी खेलाडी न्युकासलमै खुसी छन् । यसबीच इसाक स्वंयले बिहीबार ‘बम सेल’ फ्यालेका छन् ।

यी २५ वर्षीय खेलाडीले न्युकासलका ठूला पदाधिकारीलाई सूचना दिएका छन्, उनी अन्यत्र नै जान चाहन्छन् । त्यसको अर्थ हो, उनी न्युकासल छाड्न चाहन्छन् । न्युकासल अहिले एसिया भ्रमणमा निस्केको छ र संयोगले त्यस टिममा इसाक छैनन् ।

न्युकासलको दाबी छ, उनी घाइते छन्, तिघ्रामा चोट छ । तर बेलायती मिडियालाई लागेको छ, यो त सबै बहाना मात्रै हो, खासमा इसाक न्युकासल छाड्न चाहन्छन् । सम्भवतः उनको इच्छा इंग्लिस प्रिमियर लिग च्याम्पियन टिममा जाने हुनेछ ।

यो भनाइले ‘ट्रान्सफर विन्डो’ मा एकाएक सनसनी छाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →