← समाचारमा फर्कनुस्
Football Aug 21, 2025 · Swadesh

इसाक भन्छन्, ‘न्युकासलले धोका दियो’

इसाक भन्छन्, ‘न्युकासलले धोका दियो’

एलेकजेन्डर इसाकले सामाजिक संजालबाट न्युकासल युनाइटेडमाथि गम्भीर आरोप लगाएका छन् र यसले पूरा घटनाक्रमले जटिल मोड लिएको छ । यी स्विडेनी खेलाडी न्युकासल छाडेर लिभरपुल जान चाहन्छन्, तर न्युकासलले यसलाई मानेकै छैन् ।

 

अब त यो आफै पनि पुरानो घटना भइसकेको छ । अबको नयाँ घटना हो, न्युकासलले आफूलाई धोका दिएको इसाकको आरोप । उनले भनेका छन्, ‘मलाई न्युकासलले ठूल ठूला वचन दिइएको थियो । अब पूरा गरेको छैन् ।’ यति भन्दै गर्दा इसाकले अहिलेसम्म न्युकासल टिमसँग अभ्यास पनि गरेका छैनन् ।


खासमा लिभरपुलले यी खेलाडी किन्ने इच्छा देखाएको थियो, तर न्युकासलले असाध्यै धेरै मूल्य राखेपछि कुरा बढ्न सकेको थिएन् । अहिले इसाकको त्यस्तो आरोपपछि न्युकासल र यसका समर्थक सबै रिसाएका छन् । न्युकासल पनि के कम र भने, इसाकको आरोपको तुरुन्तै उत्तर पनि फर्काएको छ ।


न्युकासलले भनेको छ, ‘काहीले कुनै केही प्रकारको वचन पनि दिएका छैनौं ।’ यस्तोमा स्थिति साँच्चै गम्भीर भएको छ । कसैले पनि ठ्याक्कै के भन्न सकेका छैनन् भने अब हुने के हो ? इसाक कतै बेचिएन् भने के उनले न्युकासलका लागि फेरि खेल्नेछन् त ? उत्तर कोहीसँग पनि छैन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →