← समाचारमा फर्कनुस्
Football Aug 01, 2025 · Swadesh

इसाक ‘एबसेन्ट विथआउट लिभ’ मा ?

इसाक ‘एबसेन्ट विथआउट लिभ’ मा ?

फुटबलमा खेलाडीको सम्भावित ‘ट्रान्सफर’ कहिलेकाहीं साह्रै नरमाइलो हुने गर्छ । न्युकासल युनाइटेडका एलेक्जान्डर इसाकको प्रसङ्गमा यस्तै भएको छ भन्दा हुन्छ । उनी अहिले स्पेन पुगेका छन् र आफ्नो पुरानो क्लब रियल सोसिडाडमा व्यक्तिगत रूपमा अभ्यास गरिरहेका छन् ।

 न्युकासल आफै भने अहिले सुदूर पूर्वमा टिम तयारीको भ्रमणमा छ । प्रशिक्षक एडि हाउले इसाक चोटका कारण टिममा नरहेको बताएका छन् । तर उनले आफ्ना स्टार खेलाडी ‘एबसेन्ट विथआउट लिभ’ मा रहेकोलाई भने मान्न तयार भएनन् । इंग्लिस मिडियाले भने यस्तै अनुमान गरिरहेको छ, इसाक बिदा नलिएर छुट्टिमा छन् ।

इसाकले एक प्रकारले न्युकासलमाथि दबाब सिर्जना गरिहेका छन्, सम्भवतः लिभरपुल जान । इंग्लिस च्याम्पियन लिभरपुलले यी खेलाडी किन्न उत्सुकता देखाएको धेरै भइसकेको छ । तर अहिलेसम्म ठोस प्रक्रिया केही भएको छैन् । यस्तोमा प्रश्न हो, यदी इसाकलाई लिभरपुल मात्र होइन्, कसैले किनेनन भने के हुन्छ ?

के उनी फेरि न्युकासलमै फर्केर खेल्न तयार हुन्छन् त ?

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →