← समाचारमा फर्कनुस्
Football Sep 20, 2024 · Swadesh

अन्तर वडा फुटसल : वडा ८, २१, २२ र ३१ विजयी

अन्तर वडा फुटसल : वडा ८, २१, २२ र ३१ विजयी

काठमाडौं । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शुक्रबार वडा नं ८ ले वडा नं १३ लाई टाइब्रेकरमा ३–२ ले हराएको छ।

लैनचौर फुटसल मैदानमा भएको सो खेलको निर्धारीत समय गोलरहित बराबरमिा सकिएको थियो। त्यसपछि पेनाल्टी सुटआउटबाट जितको छिनोफानो गरिएको हो।

सो खेलमा विजयी टिमका गोलरक्षक मिसन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए। यस नतिजासँगै गत उपविजेता वडा १३ को यात्रा पहिलो खेलमै सकिएको हो।

अन्य खेलमा वडा नं ३१, वडा नं २२ र वडा नं २१ ले जित हात पारे। दिपक तामाङले गरेको गोल निर्णयक बनेपछि वडा ३१ ले वडा १ लाई १–० ले निराश बनायो। सो खेलमा गोलकर्ता दिपक नै उत्कृष्ट खेलाडी चुनिए।

वडा २२ ले वडा १९ लाई पेनाल्टी सुटआउटमा २–० ले हरायो। निर्धारीत समयमा दुवै टिमले गोल गर्न सकेनन्। सो खेलमा वडा २२ का अजय महर्जन म्यान अफ दि म्याच चुनिए।

शुक्रबार भएको चौथो तथा अन्तिम खेलमा वडा नं २१ ले वडा नं २८ लाई सहजै ४–० ले पराजित गर्यो। वडा २१ का लागि अनिकेत देउलाले दुई तथा सनिम देउला र रुपेश शाक्यले एक÷एक गोल गरे।

शनिबार प्रिक्वाटरफाइनलमा काठमाडौँ महानगरपालिका र वडा नं ९, वडा नं ६ र वडा नं ३, वडा नं १६ र वडा नं २० तथा वडा नं १४ र वडा नं १० बिच खेल हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →