← समाचारमा फर्कनुस्
Football Sep 22, 2024 · Swadesh

अन्तर वडा फुटसल : वडा २१ र २६ लाई टाइब्रेकरमा सफलता

अन्तर वडा फुटसल : वडा २१ र २६ लाई टाइब्रेकरमा सफलता

काठमाडौँ । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा आइतबार वडा नं २१ र वडा नं २६ ले टाइब्रेकरमा जित हासिल गरेका छन् ।

लैनचौर फुटसल मैदानमा वडा नं २१ ले वडा नं २२ लाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । निर्धारीत समयकौ खेल १–१ ले बराबरीमा सकिएको थियो । वडा नं २१ का लागि साजन डङ्गोलले गोल गर्नुभयो । यसैगरी वडा २२ ले आत्मघाती गोल प्राप्त गरेको थियो । 

यसैगरी वडा नं २६ र वडा नं ३२ बिचको खेल पनि १–१ ले बराबरीमा सकिएपछि टाइब्रेकरबाट जितहारको छिनोफानो गरिएको थियो । टाइबे्रकरमा वडा २६ ५–४ ले विजयी भएको हो । निर्धारीत समयका वडा २६ का साजन शाही र वडा ३२ का विक्रम बिसुन्केले गोल गर्नुभएको थियो । 

अन्य खेलमा वडा १२ ले वडा ५ लाई २–१ र वडा ८ ले वडा ३१ लाई १–० ले पराजित गरे । वडा ३१ का खेलाडीले आत्मघाती गोल गरेपछि वडा ८ खेल जित्न सफल भएको हो। यसैगरी वडा १२ लागि जित दिलाउन राज शाहीले दुवै गोल गरे। वडा न५ का लागि पुस्कर आचार्यलै एक गोल फर्काकाएका थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →