← समाचारमा फर्कनुस्
इन्टर च्याम्पियन हुने बाटोमा

इन्टर मिलान इटालीको सिरी ए मा च्याम्पियन हुने बाटोको निकै नजिक पुगेको छ । उसले सानसिरोमा भएको शुक्रबारको खेलमा कागलिरीलाई सजिलै ३–० ले हरायो र शीर्ष स्थानमा १२ अंकको अग्रता लियो ।
लिग तालिकामा इन्टरको ७८ अंक भएको छ । नेपोली भने ६६ अंकमा छ । यस्तै कागलिरी ३३ अंकमा १६ औं स्थानमा छ । इन्टरका लागि मार्कस थुराम, निकोलो बरेला र पिट्र जेलेन्स्कीले एक एक गोल गरे ।
नेपोलीले शनिबार लाजियोविरुद्ध खेल्दैछ । त्यस खेलमा नेपोली विजयी रहने भने इन्टरले अर्को साता टुरिनोलाई हराएर उपाधि आफ्नो बनाउन सक्नेछ । त्यसका लागि नेपोली त्यसै साता हुने खेलमा क्रेमोन्सेविरुद्धको खेलमा जितहीन हुनु पर्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women