← समाचारमा फर्कनुस्
Football Nov 10, 2025 · Swadesh

इटालीमा उपाधि होड रोमाञ्चक हुँदै

इटालीमा उपाधि होड रोमाञ्चक हुँदै

इटालीको सिरी ए मा यसपल्ट उपाधिको होड रोमाञ्चक हुने भएको छ । लिग तालिकाको शीर्ष स्थानमा रहेको इन्टर मिलान र एएस रोमाले आफ्नो घरेलु मैदानमा आइतबार सजिलो जित निकालेका छन् । 


इन्टरले लाजियोलाई २–० ले हरायो र त्यसमा लउटारो मार्टिनेज र एन्गे–योन बोनीले एक एक गोल गरे । रोमाले अर्को खेलमा युनिडेजीलाई २–० ले नै हरायो र त्यसमा भने लोरेन्जो पेलेग्रिनी र मेहमेट जेकी सेलिकले गोल गरे ।


यो नतिजापछि इन्टरको ११ खेलबाट २४ अंक भएको छ । रोमाको पनि समान २४ अंक छ । दुई टिम गोल अन्तरले छुटिएका हुन् । उनीहरूको पछाडि एसी मिलान र नेपोली छन् । यी दुई टिमको समान २२ अंक रहेको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →