← समाचारमा फर्कनुस्
इन्टरलाई नेपोलीको निर्णायक धक्का

सम्भवतः इटालीको सिरी ए को उपाधि होडमा यो यस्तो नतिजा हुनेछ, जुन निर्णायक सावित हुन सक्नेछ । डिफेन्डिङ च्याम्पियन नेपालीले शनिबार उपाधिको होडका प्रमुख प्रतिद्वन्द्वी इन्टर मिलानलाई ३–१ ले पराजित गरेको छ ।
यो जितसँगै नेपोली शीर्ष स्थानमा पनि उक्लेको छ । नेपोलीको आठ खेलबाट १८ अंक भएको छ र यो दोस्रोमा रहेको मिलानमाथि एकै अंकको दूरी हो । हारे पनि इन्टर १५ अंकमा तेस्रो स्थानमा छ ।
नेपोलीका लागि केभिन डे ब्रुएना, स्कट म्याक टोमिनी, आन्द्रे–फ्रायन्कले एक एक गोल गरे । अन्य खेलमा युडिनेजीले लेचेलाई ३–२ ले हरायो । पार्मा र कोमोले गोलरहित बराबरी खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |