← समाचारमा फर्कनुस्
इन्टर मिलानको कठिन जित

काठमाडौं। भ्यालेन्टिन कार्बोनीले अन्तिम समयकाे निर्णायक गोलमा इन्टर मिलानले फिफा क्लब विश्वकपको खेलमा कठिन जित दर्ता गरेकाे छ।
आइतबार बिहानको खेलमा उरावा रेड डायमन्ड्सविरुद्ध मिलान २–१ ले विजयी भएकाे हाे।
मिलानलाई जित दिलाउन भालेन्टाईन कार्बोनीले गरेको गोल निर्णायक भएको थियो।खेलको ११औँ मिनेटमा रिओमा वाटानाबले गरेको गोलबाट उरवा रेडले अग्रता लिए पनि खेलको ७८औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै खेल बराबरी गरेका थिए।
जितसँगै इन्टर मिलान समूह ‘ई’ को शीर्ष स्थानमा पुगेको छ। यसअघि मोन्टेरेसँग १–१ को बराबरी खेलेको इन्टरले अब अर्को खेल अर्जेन्टिनी क्लब रिभर प्लेटविरुद्ध बुधबार खेल्नेछ।
उरावाले भने अब बुधबार सीएफ मोन्टेरेविरुद्धको अन्तिम खेल खेल्नेछ। योसँगै जापानी क्लबको समूह चरण पार गर्ने सम्भावना समाप्त भएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |