← समाचारमा फर्कनुस्
Football Dec 29, 2025 · Swadesh

इन्टरको अग्रता एक अंक

इन्टरको अग्रता एक अंक

लउटारो मार्टिनेजले दोस्रो हाफमा गरेको एक मात्र गोलको मदतले इन्टर मिलानले आइतबार इटालीको सिरी ए मा एटलान्टालाई १–० ले पराजित गरेको छ । मार्टिनेजले ६५ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो ।


यो जितपछि इन्टर एक अंकको अग्रतासहित शीर्ष स्थानमा कायम रहन सफल रह्यो । आइतबारका अन्य खेलमा उपाधि होडमा रहेका एसी मिलान र नेपोली दुवै विजयी रहे ।


मिलानले हेलास भेरोनालाई ३–० र नेपोलीले क्रेमेन्सोलाई २–० ले हराएको हो । इन्टर १६ खेलपछि ३६ अंकमा शीर्ष स्थानमा छ । उसको पछाडि मिलानको ३५ र नेपोलीको ३४ अंक छ । यस्तै युभेन्ट्स ३२ अंकमा चौथो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →