इन्टरको लगातार चौथो जित

इन्टर मिलानले युरोपेली च्याम्पियन्स लिगमा बुधबार लगातार चौथो जित हात पारेको छ र यससँगै १२ अंकमा शीर्ष तीनभिक्र रह्यो । इन्टरसँगै बायर्न म्युनिक र आर्सनल अधित्तम १२ अंक बटुलेर लिग तालिकाको अगाडि रहेका छन् ।
यसका लागि इन्टरले काइराट आल्माटीलाई २–१ ले हराएको हो । त्यसमा कार्लोस अगुस्टोले निर्णायक गोल गरे । म्यानचेस्टर सिटीले भने आफ्नो अपराजित याक्रा कायम राख्ने त्रममा बोरुसिया डर्टमुन्डलाई ४–१ ले हरायो । उसको दस अंक भएको छ र चौथो स्थानमा छ ।
सिटीको जितमा फिल फोडेनले दुई गोल गरे भने इर्लिङ हालान्डले आफ्नै पूर्व क्लबविरुद्ध एक गोल गरे । बार्सिलोना भने क्लब ब्रुगको हातबाट ३–३ को बराबरीमा रोकियो । उसले तीन पल्ट पछाडि रहेको स्थितिबाट बराबरी खेलेको हो ।
अन्य खेलमा न्युकासल युनाइटेडले एथलेटिको बिलबाओलाई २–० ले हरायो र नौ अंकमा छैटौं स्थानमा उक्लिन सफल रह्यो । यस्तै पाफोसले भिल्लारियललाई १–०, गालाटासारेले आयाक्सलाई ३–०, बायर लेभरकुजनले बेनफिकालाई १–० र एटलान्टाले मार्सेलाई १–० ले हरायो । चेल्सी र कोरााबागले भने २–२ को बराबरी खेले ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |