← समाचारमा फर्कनुस्
इन्टर मियामीले पहिलो पटक एमएलएस कप जित्यो

काठमाडौँ। इन्टर मियामीले क्लब इतिहासमै पहिलो पटक एमएलएस कपको उपाधि जितेको छ।
आइतबार बिहान सम्पन्न फाइनलमा मियामीले भान्कोभर ह्वाइटक्याप्सलाई ३–१ ले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
मियामीको जितमा रोड्रीगो डि पाउल र टाडेओ अलेन्डले एक–एक गोल गरे भने अर्को गोल एडीएर ओकाम्पोको आत्मघाती थियो। भान्कोभरका लागि अलि अहमदले एकमात्र गोल फर्काए।
टिमलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका कप्तान लियोनेल मेस्सी यस सिजनको एमएलएस ‘मोस्ट भ्यालुएबल प्लेयर’ (एमभीपी) घोषित भए।
एमएलएस कप इतिहासमा एलए ग्यालेक्सीले सबैभन्दा धेरै ६ पटक तथा डिसी युनाइटेडले ४ पटक उपाधि जितेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women