← समाचारमा फर्कनुस्
Cricket Aug 25, 2026 · Swadesh

इन्डोर क्रिकेट हुने

इन्डोर क्रिकेट हुने

डि टु इभेन्ट्सको आयोजनामा रेड बुल राष्ट्रिय इन्डोर टी– १० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा २४ पुरुष टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो ।

सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ । प्रत्येक समूहको विजेता टोली सोझै क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुल र एन्जल्स हार्ट स्पोटर््स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको सहयोगमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ ।

पत्रकार सम्मेलनका अवसरमा ट्रफी पनि सार्वजनिक गरिएको थियो । एन्जल्स हार्ट स्पोटर््स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिम थापा, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा र पावर्ड बाइ लेकाली जाभाका अध्यक्ष केनिश श्रेष्ठले ट्रफी सार्वजनिक गरे । तीनदिने प्रतियोगिताका खेलहरु चुनीखेलस्थित रोयल स्पोर्ट्स पार्कमा खेलाइने छ । आयोजकका अनुसार प्रतियोगताका सञ्चालन गर्न करिब १४ लाख रुपैयाँ खर्च हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →