← समाचारमा फर्कनुस्
बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

काठमाडौं । भारतले साफ यु–१७ च्याम्पियनसिपको उपाधि जितेको छ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालमा भारतले बंगलादेशलाई ३–० ले पराजित गरेको हो।
भारतको जितमा मोहम्मद कैफ र मोहम्मद अर्बादले गोल गरे।
खेलको ५८औं मिनेटमा कैफको गोलमार्फत भारतले अग्रता लिएको थियो। इन्जुरी समयमा अर्बादले गोल गर्दै भारतलाई च्याम्पियन बनाए।
सेमिफाइनलमा भारतले नेपाल तथा बंगलादेशले पाकिस्तानलाई पराजित गरेका थिए।
प्रतियोगितामा नेपालका सुजन डंगोल उच्च गोलकर्ता बने। उनले प्रतियोगिताका ४ खेलमा १ ह्याट्रिकसहित ४ गोल गरे।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |