खालिद जमिल भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षक

काठमाडौं। खालिद जमिललाई अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्ति गरेको छ।
उनले जमिलले म्यानोलो मार्क्वेजको स्थान लिएका हुन्। ‘एआईएफएफ कार्यकारिणी समितिले खालिद जमिललाई भारतीय पुरुष राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ,’ महासंघले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको छ।
जमिल १० वर्षपछि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने पहिलो भारतीय प्रशिक्षक बनेका छन्। उनका पूर्ववर्ती मार्क्वेज गत महिना कमजोर प्रदर्शनपछि टोलीबाट अलग भएका थिए।
जमिलभन्दा अगाडि यो पद सम्हाल्ने अन्तिम भारतीय प्रशिक्षक साभियो मडेइरा थिए, जसले सन् २०११ देखि २०१२ सम्म जिम्मेवारी सम्हाले।
जमिलको नाम एआईएफएफको प्राविधिक समितिले सर्टलिस्ट गरेको हो। यो समितिको अध्यक्षता भारतीय लिजेन्ड स्ट्राइकर आईएम विजयनले गरेका थिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |