बंगलादेशलाई पराजित गर्दै भारतले रक्षा गर्यो उपाधि

काठमाडौं। घरेलु टोली भारतले बंगलादेशलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै साफ यु–१९ च्याम्पियनसिपको उपाधि रक्षा गरेको हो।
गोल्डेन जुबली स्टेडियममा आइतबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ४–३ ले पराजित गरेको हो। यसअघि भारतले सन् २०२३ मा पाकिस्तानलाई ३–२ ले पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो। त्यसपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटमार्फत गरिएको हो। पेनाल्टी सुटआउटमा भारतले बाँजी मार्यो।
पेनाल्टी सुटआउटमा भारतका मोहम्मद अर्बाश, रोहेन सिंह, ऋषि सिंह, जोड्रिक अब्रान्चेस र सिंगमायुम शमीले गोल गरे। बंगलादेशका मिठु चौधरी, मुर्सेद अली र जोय अहमदले गोल गरे। नजमुल फैसलको प्रहार आकासिएको थियो। उद्दिन साहेदको प्रहार भारतीय गोलकिपर सुजर सिंहले रोके।
खेलको दोस्रो मिनेटमै भारतले सुरुआती अग्रता लिएको थियो। सिंगमायुम शामीले प्रहार गरेको फ्रिकक बल सिधै गोलमा परिणत भएको थियो।
तर, ६१औं मिनेटमा जोय अहमेदले बराबरी गोल फर्काए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |