← समाचारमा फर्कनुस्
Cricket Aug 24, 2026 · Swadesh

श्रीलंकामाथि भारत पूर्ण हाबी

श्रीलंकामाथि भारत पूर्ण हाबी

श्रीलंकाले भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्टको दोस्रो दिन आफ्नो पहिलो इनिङ्समा खराव सुरुआत गर्दै ८ रन मात्र बनाउँदा २ विकेट गुमाइसकेको छ । भारतले आफ्नो पहिलो इनिङ्समा ९ विकेट गुमाएर ५ सय ३ रनमा समाप्त भएको घोषणा गरेको थियो ।

यस्तोमा श्रीलंका समग्रमा ४ सय ९५ रनले पछाडि छ र ३ दिनको खेल बाँकी रहेको बेला चर्को दबाबमा आएको छ । उसका लागि ओपनर कमिल मिसरा ५ रनमा नटआउट छन् । आउट हुनेमध्ये ओपनर लहिरु उदाराले १ र प्रबाथ जयसूर्याले २ रन बनाए ।

पाहुना बलरमध्ये प्रसिद्ध कृष्ण र मानव सुथारले एक एक विकेट लिएका छन् । भारतका लागि भने ध्रुव जुरेलले १ सय १५ रन बनाएर नटआउट रहे । उनले १ सय ७७ बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गरेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →