← समाचारमा फर्कनुस्
Football Aug 20, 2025 · Swadesh

नेपालको पोष्टमा भारतको ७ गोल

नेपालको पोष्टमा भारतको ७ गोल

काठमाडौं। साफ यु १७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भारतसँग फराकिलाे हार ब्यहाेरेकाे छ।


भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा नेपाल भारतसँग ७–० ले पराजित भएकाे हाे।


भारतलाई जिताउन अविस्ता बस्नेत र अनुस्का कुमारीले समान दुई गोल गरे गरिन्। निरा चानु लोङ्जम, जुलन नोन्गमाइथिम र निरा लोङजामले समान एक गोल थपिइन्। 


भारतले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा दुई गोल थपेको हो। भारतविरुद्ध नेपाली खेलाडी कुनै पनि पक्षमा सफल रहेनन्। खेलभर भारतले नेपाललाई दबाबमा राखेको थियो। दुई वर्ष अघि भएको प्रतियोगितामा पनि नेपाल भारतसँग १०–० ले पराजित भएको थियो। 


भुमिका बुढाथोकीको कप्तानीमा रहेको नेपालले दोस्रो खेल शुक्रबार भुटानसँग खेल्ने तालिका छ। त्यसपछि बंगलादेशसँग खेल्नेछ। डबल राउण्ड रोबिन पद्धतिमा आायोजना भएको प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली सिधै च्याम्पियन हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →