← समाचारमा फर्कनुस्
Cricket Aug 23, 2026 · Swadesh

भारतका लागि पाडिकलको शतक

भारतका लागि पाडिकलको शतक

देवदत्त पाडिकलको शतकको मदतले भारतले श्रीलंकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिन बलियो सुरुआत गरेको छ । कोलम्बामा भारतले दिनको खेल समाप्त हुँदा ५ विकेटमा ३ सय रन बनाएको छ ।

तेस्रो क्रममा ब्याटर पाडिकलले १ सय १७ रन बनाए । उनी केसर नुवान्थाको बलमा बोल्ड भए । उनले १ सय ९१ बलको सामना गरेर १२ चौका प्रहार गरे । कप्तान शुभमन गिलले ५० रन बनाए । उनीहरूले तेस्रो विकेटका लागि १ सय २० रनको ठाृस साझेदारी गरे ।

त्यस अगाडि ओपनर यसस्वी जयसवालले ४५ रन बनाए भने अलराउन्डर रविन्द्र जडेजाले ४३ रन थपे । श्रीलंकाली बलरमध्ये असिथा फर्नान्डेजले ४६ रनमा ३ विकेट हात पारे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →