← समाचारमा फर्कनुस्
Football Jun 23, 2025 · Swadesh

हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम

हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम

सायम कलेजको आयोजनामा हुने हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहने भएको छ । प्रतियोगिता बुधबारदेखि सुरु हुनेछ ।

प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले पहिलो संस्करणमा २८ टिमको सहभागिता निश्चित भएको जानकारी गराए । प्रिन्सिपल पाण्डेले विद्यार्थीको क्षमता बढाउन कलेजले विद्यार्थीले गर्ने हरेक कार्यक्रममा भरपुर सहयोग गर्दै आएको बताए ।

सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । हाइसेन्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी हुने छन् ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ९० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ३–३ हजार नगद पुरस्कारसहित गिफ्ट भौचर प्राप्त गर्ने छन् । उत्कृष्ट प्रशिक्षकले ट्रफीसहित गिफ्ट भौचर पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए । तीनदिने प्रतियोगिताका खेलहरु भक्तपुरको दिब्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा हुनेछ।

सायम प्रिमियर लिग इन्ट्रा कलेज क्रिकेटको पाँचौं संस्करण सफलतापूर्वक आयोजना गरिसकेको सायमले पहिलोपटक फुटसल आयोजना गर्न लागेको प्रतियोगिता संयोजक दशरथ शाहीले बताए । प्रायोजकमा एथर इनर्जी, पठाउ नेपाल, उप्स नेपाल, मेडेक्स मल्टी स्पेसिएलिटी क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, पार्क भिलेज रिसोर्ट, सूर्य नेपाल, जस्मिन पेन्ट्स र बेन नेभिस रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →