← समाचारमा फर्कनुस्
हिजाजी चम्किँदा धनगढीको शानदार सुरुआत

काठमाडौं। अहमद हिजालीको दुई गोलसँगै साबिक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा शानदार सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४–१ ले पराजित गरेको हो।
धनगढीको जितमा हिजालीबाहेक कृतिशरत्न छुन्जु र जर्जप्रिन्स कार्कीले एक गोल थपे। बुटवलका केन्टा हाराले एक गोल फर्काए पनि सान्त्वना रह्यो।
खेलको छैटौं मिनेटमै हिजाजीले धनगढीलाई सुरुआती अग्रता दिलाए।
योसँगै धनगढीले पहिलो खेलमै तीन अंक जोडेको छ। बुटवलको भने यो पहिलो हार हो। बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |