TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Apr 05, 2026 · Swadesh

हेमन्त धामीको घातक बलिङमा बागमती ४६ रनमै अलअउट

हेमन्त धामीको घातक बलिङमा बागमती ४६ रनमै अलअउट

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत २१० रनको लक्ष्य पछ्याएको बागमती प्रदेश लज्जास्पद रूपमा मात्र ४६ रनमा समेटिएको छ। योसँगै बागमती १६३ रनले पराजित भएको छ।


सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा बागमती ११.२ ओभरमै अलआउट भएको हो। सुरुवातदेखि नै दबाबमा परेको बागमतीका ब्याटरहरू कुनै पनि समय लयमा देखिन सकेनन्।


ओपनर आशुतोष घिरैया ० रनमै आउट हुँदा पवन थापा र इशान पाण्डे पनि लगातार बलमा शून्यमै पभेलियन फर्किए। शुभ कंसाकारले ३२ रन बनाउँदै केही संघर्ष गरे पनि अन्य ब्याटरले साथ दिन सकेनन्।


कप्तान सन्दीप लामिछाने समेत शून्यमै आउट भएपछि बागमती सस्तैमा समेटियो।


बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी घातक सावित भए। उनले ६ ओभरमा मात्र १४ रन खर्चेर ७ विकेट लिएर बागमतीको ब्याटिङ ध्वस्त पारे। शेर मल्लले ३ विकेट लिए भने नारायण जोशी विकेटविहीन रहे।


त्यसअघि टस हरेर पहिले ब्याटिङ थालेको सुदूरले ४१।१ मा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो। 


यो जितसँगै सुदूरले ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। पराजित बागमी भने समान खेलबाट ६ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →