← समाचारमा फर्कनुस्
Football Oct 06, 2025 · Swadesh

सिटीका लागि हालान्डको उत्कृष्ट लय

सिटीका लागि हालान्डको उत्कृष्ट लय

उत्कृष्ट लयमा रहेका इर्लिङ हालान्डले फेरि एकपल्ट निर्णायक गोल गरेका छन् र त्यसकै मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार ब्रेन्टफोर्डलाई १–० ले पराजित गरेको छ ।


कम्युनिटी स्टेडियममा हालान्डले नवौं मिनेटमा एक गोल गरे । हालान्डले यो सिजन आफूले खेलेका सबै प्रतियोगितामा गरेर नौ खेलमा १२ गोल गरिसकेका छन् ।


यो जितपछि सिटीको सात खेलबाट १३ अंक भएको छ र पाँचौं स्थानमा छ । यो शीर्षमा रहेको आर्सनलसँग तीन अंकको दूरी हो । ब्रेन्टफोर्ड भने सात अंकमा १६ औं स्थानमा छ ।


अन्य खेलमा एस्टन भिल्लाले बर्नलीलाई २–१, एभरटनले क्रिस्टल प्यालेसलाई २–१ र न्युकासल युनाइटेडले नटिङघम फरेस्टलाई २–० ले हरायो । उल्भ्स र ब्राइटनले १–१ को बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →