TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jul 01, 2026 · Swadesh

हालान्डको गोलमा नर्वेको पहिलो नकआउट जित

हालान्डको गोलमा नर्वेको पहिलो नकआउट जित

इर्लिङ हालान्डले खेलको अन्त्यतिर गरेको गोलको मदतले नर्वेले विश्वकप २०२६ मा बुधबार आइभरीकोस्टलाई २–१ ले हराएको छ र प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । विश्वकपको इतिहासमा नर्वेको यो नकआउट चरणको पहिलो जित हो ।

खेलको ८६ औं मिनेटमा हालान्डले विजयी गोल गरेका हुन् । नर्वेले एन्टोनिओ नुसाको गोलले अग्रता लिएयता आइभरीकोस्टका लागि अमाड डिआलोले बराबरी गोल फर्काएका थिए । सन् १९३८ र १९९८ मा विश्वकप खेल्दा नर्वे आफ्नो पहिलो नकआउट चरणमै पराजित रहेको थियो ।

यस विश्वकपमा हालान्डले गरेको व्यक्तिगत गोल संख्या पनि पाँच पुगेको छ । अब क्वाटरफाइनल प्रवेशका लागि नर्वेले पाँच पल्टको विजेता ब्राजिलको सामना गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group A
1 Mexico 3 9
2 South Africa 3 4
3 South Korea 3 3
4 Czechia 3 1
सबै समूह →