← समाचारमा फर्कनुस्
हालान्डको ह्याट्रिक, नर्वे शीर्ष स्थानमा

काठमाडौं । स्टार फरवार्ड एर्लिङ हालान्डको ह्याट्रिकसँगै नर्वे युइएफए नेसन्स लिगको समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।
उलेभालमा आइतबार राति भएको खेलमा नर्वेले काजाखास्तानलाई ५–० ले पराजित गरेको हो।
हालान्डले खेलको २३ र ३७औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए।
४१औँ मिनेटमा सोर्लोथले अर्को गोल थपेपछि नर्वेले ३–० को अग्रता बनायो। ७१औँ मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे। योसँगै हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले आफ्नो गोल संख्या सातमा पुर्याएका छन्। यस्तै, उनले नेसन्स लिगमा आफ्नो कुल गोल संख्या १९ पुर्याएका छन्।
त्यसपछि ६७औं मिनेटमा एन्टोनियो नुसाले अर्को गोल थप्दै नर्वेलाई ५–० को सहज जीत जित दिलाए।
जितसँगै ६ खेलबाट १३ अंक जाडेको नर्वे समूह ‘बी’ को तीनमा शीर्ष स्थानमा उक्लिएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |