हालान्डको ह्याट्रिकमा नर्वे विश्वकप छनोट नजिक

इर्लिङ हालान्डले गरेको एक अर्को ह्याट्रिकको मदतले नर्वेले युरोपेली विश्वकप छनोटमा शनिबार इजरायललाई ५–० ले हराएको छ । हालान्डले २७, ६३ र ७२ औं मिनेटमा गोल गरे । उनले क्लब र आफ्नो देशका लागि लगातार दसौं खेलमा गोल गरेका छन् ।
यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या कीर्तिमान ५१ पुगेको छ । समूह ‘आई’ मा प्राप्त यस जितपछि नर्वे सन् १९९८ यता पहिलो पटक विश्वकपमा छनोट हुने संघारमा पुगेको छ । यही समूहको अर्को खेलमा टर्कीले बुल्गेरियालाई ६–१ ले हरायो ।
स्पेनले छनोटमा आफ्नो शतप्रतिशत सुरुआतलाई शनिबार कायम राख्ने क्रममा जर्जियालाई २–० ले हराएको छ । त्यसमा येरेमी पिनोले पहिलो हाफ र मिखेल ओयारजबालले दोस्रो हाफमा गोल गरे । यो जितपछि स्पेनको तीन खेलबाट नौ अंक भएको छ र समूह ‘ई’ को शीर्षमा छ ।
यस्तै समूह ‘एफ’ मा पोचुृगलले उत्तरी आयरल्यान्डमाथि १–० को जित हात पार्यो र त्यसमा रुबेन नेभासले खेलको अन्त्यतिर एक मात्र गोल गरे । यो समूहमा हंगेरी दोस्रो स्थानमा छ र उसले अर्को खेलमा आरमेनियामाथि २–० को जित दर्ता गर्यो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |