TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Apr 09, 2026 · Swadesh

गुजरातको जितमा एक रनको अन्तर

गुजरातको जितमा एक रनको अन्तर

गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा बुधबार पहिलो रोमाञ्चक जित निकालेको छ र यसक्रममा उसले दिल्ली क्यापिटल्सलाई एक रनले हराएको छ । दिल्लीले अन्तिम बलमा दुई रन चाहिएकोमा त्यसलाई पूरा गर्न सकेको थिएन । स्ट्राइकमा रहेका कुलदीप यादव रनआउट भएपछि गुजरात विजयी भएको हो ।


डेविड मिलर २० बलमा ४१ रन बनाएर दिल्लीलाई जितको संघारसम्म पुर्‍याएका थिए । तर जितका लागि २ सय ११ रनको लक्ष्य पछ्याएको दिल्लीले आठ विकेट गुमाएर २ सय ९ रन मात्र बनाउन सक्यो । त्यसमा ओपनर पथुम निसान्काले २४ बलमा ४१ रन बनाए भने केएल राहुलले ९२ रनको योगदान गरे । उनले ५२ बलमा ११ चौका र चार छक्का प्रहार गरे । तर यी सबै निर्णायक हुन सकेनन् ।


त्यस अगाडि पहिला ब्याटिङको निम्तो पाएको गुजरातले चार विकेटमा २ सय १० रन बनाएको थियो । त्यसमा कप्तान शुभमन गिलले ४५ बलमा ७० रन बनाए । त्यस्तै जस बटलरले २७ बलमा ५२ रन जोडे ।वासिंटन सुन्दरले पनि ३२ बलमा ५५ रन बनाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →