← समाचारमा फर्कनुस्
Football Sep 28, 2026 · Swadesh

ग्रिससँगको हारमा जर्मनीको संघर्ष

ग्रिससँगको हारमा जर्मनीको संघर्ष
नयाँ प्रशिक्षकका रूपमा योर्गन क्लोप आएइता जर्मनीले आइतबार पहिलो हार बेहोरेको छ । यूईफए नेसन्स लिगमा ग्रिसले जर्मनीलाई १–० ले हराएको हो । खेलको एक मात्र गोल सब्टिच्युट डिमिट्रिओस कोरबेलिसले गरे ।

क्लोपको पहिलो खेल नेदरल्यान्ड्ससँग बराबरी टुंगेको थियो । यस्तोमा टिम क्लोप आएयता जितविहीन रह्यो । अर्को प्रमुख खेलमा पोर्चुगलले नर्वेलाई २–१ ले पराजित गर्न सफल रह्यो । जाओ फेलिक्सको गोलमा पोर्चुगलले अग्रता लिएपछि नर्वेका लागि इर्लिङ हालान्डले बराबरी गोल फर्काए ।

खेलको ५४ औं मिनेटमा गोन्सालो रामोसले विजयी गोल गरेका हुन् । पोर्चुगाली प्रशिक्षक जोर्गे जेससले क्रिस्टियानो रोनाल्डोलाई सुरुदेखि खेलाएनन् र उनकै स्थानमा खेलेका रामोसले प्रशिक्षकको निर्णयलाई सही सावित गरे ।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →