← समाचारमा फर्कनुस्
Football Sep 27, 2025 · Swadesh

पोटर परे वर्खास्तीमा

पोटर परे वर्खास्तीमा

अन्ततः सबै अनुमानलाई सही सावित गर्दै ग्राहम पोटर वर्खास्तीमा परेका छन्, इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामबाट । लिगमा खराव सुरुआतपछि पोटरलाई वेस्ट ह्यामले हटाउने तय मानिएको थियो ।


अहिले वेस्ट ह्यामले पाँच खेलबाट तीन अंक मात्र बटुलेको छ र १९ औं स्थानमा रहेर रेलिगेसन दबाब झेलिरहेको छ ।  त्यति मात्र होइन, वेस्ट ह्याम लिगकपमा पनि उल्भ्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।


क्लबको जिम्मेवारी सम्हालेको नौ महिनापछि नै पोटरले आफ्नो जागिर गुमाएका हुन् । उनको स्थान नटिङघम फरेस्टका पूर्व प्रशिक्षक नुनो स्पिरिटो सान्टुले पाउने छन् ।


वेस्ट ह्यामले सोमबार एभरटनको भ्रमण गर्नेछ र त्यस अगाडि नै सान्टुले नियुक्त पाउने इंग्लिस मिडियाले बताएको छ । यी पोर्चुगाली प्रशक्षिक पनि यसअघि फरेस्टको वर्खास्तीमा परेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →