बाह्रखरी गल्फको विजेताले सुनको बल पाउने

काठमाडौं । बाह्रखरी गल्फको विजेताले सुनको बल पाउने भएका छन्।
बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिता चैत २३ (अप्रिल ५)मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा आयोजना हुने तय छ। प्रतियोगितामा यस वर्ष करिब १२० जना कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन बिहान ८ बजे हुनेछ ।
प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा हुनेछ । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ।
कर्पोरेट क्षेत्रका खेलाडीबीच हुने प्रतियोगिताको ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल प्राप्त गर्नेछन् । उक्त बल डेढ तोला सुनको हुने बताइएको छ।
कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन–वन’ पुरस्कारका रूपमा ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |