← समाचारमा फर्कनुस्
Football May 13, 2025 · Swadesh

गोदावरी मेयर कप : सेमिफाइलका खेल आजबाट

गोदावरी मेयर कप : सेमिफाइलका खेल आजबाट

ललितपुर। गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको सेमिफाइलका खेल मंगलबारबाट सुरु हुँदैछ।

पहिलो सेमिफाइनलको खेलमा कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका भिड्दै छन्। खेल गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार दिउँसो साढे ३ बजे सुरु हुनेछ।

काठमाडौं समूह बि को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो भने कीर्तिपुर समूह डि को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। काठमाडौंले समूहचरणमा चाँगुनारायण र मध्यपुर ठिमी नगरपालिकालाई हराएको छ ।

२ खेलबाट काठमाडौंले ६ अंक जोड्दा मध्यपुर र चाँगुले १–१ अंक जोडेका छन्। कीर्तिपुरले समूहचरणमा तारकेश्वरसँग २–२ गोलको बराबरी तथा कोन्ज्योसोम गाउँपालिकाविरुद्ध ३–० को जित निकालेको छ। कीर्तिपुरले ४ अंक बनाउँदा तारेकेश्वरले २ अंक तथा कोन्ज्योसोमले १ अंक जोडेको छ।

आयोजक गोदावरी र दक्षिणकाली भिड्ने

गोदावरी मेयर कप फुटबलको अर्को सेमिफाइनलमा आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकासँग बुधबार प्रतिस्पर्धा गर्नेछ  समूह ए मा महालक्ष्मी नगरपालिकालाई ६–१ ले तथा बाग्मती गाउँपालिकालाई ७–० ले हराएको गोदावरीले समूह चरणमा ललितपुर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो।

समूह सि मा रहेको दक्षिणकालीले कागेश्वरी मनोहरा नगरपालिकालाई ५–० ले तथा चन्द्रागिरी नगरपालिकालाई २–१ ले हराउँदै सेमिफाइनलमा पुगेको हो। गोदावरी मेयर कपमा काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये काठमाडौं जिल्लाबाट ६ , ललितपुरबाट ५ र भक्तपुरबाट २ पालिकाको सहभागिता रहनेछ।

काठमाडौं जिल्लाका काठमाडौ महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका,कागेश्वरी मनहरा नगरपालिका र तारकेश्वर नगरपालिकाले खेलेका छन्।

यसैगरी ललितपुर जिल्लाका आयोजक गोदावरी सहित ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका , बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाले सहभागिता जनाएका छन्। यसैगरी भक्तपुर जिल्लाबाट चाँगुनारायण नगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले सहभागीता जनाएका छन्।

अघिल्लो पटक सहभागी भएका काठमाडौंका नागार्जुन नगरपालिका , टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका यसपटक सहभागी छैनन् भने चाँगुनारायण र कागेश्वरी मनोहराले पहिलो पल्ट सहभागिता जनाएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →