दक्षिणकालीलाई हराउँदै आयोजककाे फाइनलमा

ललितपुर। दक्षिणकाली नगरपालिकालाई हराउँदै गाेदावरी नगरपालिका जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा पुगेको छ।
गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा बुधबार सम्पन्न दाेस्राे सेमिफाइनलको खेलमा दक्षिणकालीलाई पेनाल्टी सुट आउटमा ४-३ गाेल अन्तरले हराउँदै गाेदावरीले काठमाडौं महानगरपालिकासँगकाे भेट पक्का गरेको हाे।
निर्धारित ९० मिनेटसम्म दुबै तर्फबाट २-२ गाेलकाे बराबरी भएपछि खेलकाे निर्णय पेनाल्टीबाट गरिएको हाे। सुरुवाती अग्रता दक्षिणकालिका अमित तामाङले खेलकाे १५ औं मिनेटमा गरे। खेलकाे ४९औं मिनेटमा पासाङ तामाङले गाेदावरीका लागि बराबरी गाेल गरे। फेरि खेलकाे ८३औँ मिनेटमा दक्षिणकालिका लागि नवीन कर्माचार्यले गाेल गर्दै अग्रता दाेब्बर पारे। खेलकाे अन्तिम समयमा अनिल बाेम्जनले गाेल गर्दै बराबरी गाेल गरे।
यसअघि कीर्तिपुर नगरपालिकालाई ३-० ले हराउँदै काठमाडौंले दोस्रो पटक उपाधी जित्ने अवसर बनाएको छ। पहिलो संस्करणमा चन्द्रागिरीलाई हराउँदै काठमाडौंले उपाधी जितेको थियो।
आगामी जेठ २ गते हुने फाइनलमा काठमाडौंले गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।
गोदावरी मेयर कपमा काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये काठमाडौं जिल्लाबाट ६ , ललितपुरबाट ५ र भक्तपुरबाट २ पालिकाको सहभागिता रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |