← समाचारमा फर्कनुस्
Football Aug 13, 2025 · Swadesh

ग्रेलिस एभरटन जान पाउँदा खुसी

ग्रेलिस एभरटन जान पाउँदा खुसी

अबको सिजनको एउटा ठूलो ट्रान्सरमा ज्याक ग्रेलिसको एभरटन यात्रा पनि रह्यो । म्यानचेस्टर सिटी छाडेर उनी एभरटन गएका हुन् । त्यसो त उनी अझै पनि ऋणमै एभरटन गएका हुन्, पूरा एक सिजनका लागि । तर यो ट्रान्सफरमा उनी खुसी देखिएको छन् ।


यसपल्ट एभरटन आफै पनि केही नयाँ र राम्रो गर्ने प्रयासमा छ । यसैक्रममा ग्रेलिस डेविड मोयसको टिमले अनुबन्ध गरेको यस सिजनको छैटौं खेलाडी हुनेछन् । ‘एभरटन ठूला क्लब हो । यो निकै लोकप्रिय पनि छ । त्यसैले म एभरटन जान पाउँदा खुसी पनि छुं,’ ग्रेलिसले भनेका छन् ।


इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेल एभरटनले सामबार लिड्स युनाइटेडविरुद्ध खेल्दैछ र त्यसमै सम्भवतः ग्रेलिसले डेब्यु पनि गर्नेछन् । तर जसरी उनले सिटी छाड्नु परेको छ, त्यसलाई एउटा धेरै सम्भावना भएका खेलाडीले सक्दो प्रदर्शन गर्न नसकेको अर्थमा लिएका छन् ।


खासमा उनी एस्टन भिल्लाका उत्पादन हुन् र त्यही क्लबका लागि लामै समय खेले । राम्रो पनि खेले । त्यसपछि उनले सिटी जाने जिद्दी गरे । तर सिटी गएर उनले त्यस्तो प्रदर्शन गर्न सकेनन्, जस्तो अपेक्षा गरिएको थियो । सायद एभरटनको नयाँ गन्तब्यले उनको खेल करियर फेरि उम्दा बन्ने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →