← समाचारमा फर्कनुस्
Football Aug 06, 2025 · Swadesh

घिमिरे एपिएफको मुख्य प्रशिक्षक

घिमिरे एपिएफको मुख्य प्रशिक्षक

काठमााडौं। विभागीय टोली एपिएफ फुटबल क्लबले एफसी महिला च्याम्पियन्स लिगको छनाेटका लागि चेतन घिमिरेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

घिमिरे पछिल्लो समय अर्को विभागीय टोली नेपाल पुलिस क्लबको पुरुष टोलीको प्रशिक्षण सम्हालीरहेका छन्।

घिमिरेले राष्ट्रिय पुरुष टोलीमा भिन्सेन्जो अर्ल्बेटो एनेस र नवीन न्यौपानेको सहायकका रूपमा काम गरिसकेका छन्।

एपीएफले प्रारम्भिक चरणको समूह ‘बी’ मा थाइल्यान्डको कलेज अफ एसियन स्कलर, उज्वेकिस्तानको पिएफसी नासाफ र साउदी अरेवियाको अल नासर छन्।

यो समूहको खेल उज्वेकिस्तानमा हुनेछ। एपिएफले गत संस्करणमा पनि प्रारम्भिक छनोट खेलेको थियो। तर टोलीको यात्रा अगाडि बढ्न भने सकेन।

एपिएफले अगस्ट २५ मा घरेलु टोली पिएफसी नासाफसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →