← समाचारमा फर्कनुस्
Football Oct 13, 2025 · Swadesh

अफ्रिकाबाट घाना पनि विश्वकपमा

अफ्रिकाबाट घाना पनि विश्वकपमा

मोहम्मद कुडोसको निर्णायक गोलको मदतले घानाले अफ्रिकी विश्वकप छनोटमा कोमोरोसलाई १–० ले हराएको छ र यससँगै आगामी विश्वकपका लागि छनोट भएको छ । घाना विश्वकपमा अफ्रिकाबाट छनोट हुने पाँचौं तथा समग्रमा २१ औं देश हो ।


अफ्रिकाबाट अहिलेसम्म ट्युनिसिया, मोरक्को, इजिप्ट र अल्जेरिया पनि आगामी विश्वकपका छनोट भइसकेका छन् । आक्रामा भएको खेलमा टोटनहमका कुडोसले ४७ औं मिनेटमा गोल गरे र यो नै जितका लागि पर्याप्त रह्यो ।


छनोटको समूह ‘आई’ मा प्राप्त यस जितपछि घानाले दोस्रोमा रहेको माडागास्करमाथि छ अंकको निर्णायक अग्रता हात पारेको छ । माडागास्कर आफै भने अर्को खेलमा मालीसँग ४–१ ले पराजित रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →