← समाचारमा फर्कनुस्
गाईघाटलाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा

काठमाडौं। एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शुक्रबार भएको खेलमा काँक्रेविहार सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह ए बाट काँक्रेविहार १० अङ्क सहित दोस्रो भयो। काक्रेबिहारले गाईघाट फुटबल क्लबलाई ५–३ ले हरायो। सेमिफाइनलमा नव जनजागृतिले चित्लाङ एफसी तथा काक्रेबिहारले लालीगुराँस एसोसिएसन क्लबसँग खेल्ने छन्।
काँक्रेविहारका लागि अनीश घर्ती क्षेत्रीले ह्याट्रिक गरे। आशिष चापागाईँ र गणेश पुलामी मगरले थप गोल गरे। गाईघाटका पविन राईले दुई गोल गरे भने विवश श्रेष्ठले एक गोल गरे।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा शीर्ष ४ स्थान पाउने टोली राष्ट्रिय लिगमा प्रवेश पाएका छन्। प्रेसिडेन्ट लिगको विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |