← समाचारमा फर्कनुस्
Football Nov 20, 2024 · Swadesh

हंगेरीसँग बराबरी रोकिएको जर्मनी क्वाटरफाइनलमा

हंगेरीसँग बराबरी रोकिएको जर्मनी क्वाटरफाइनलमा

काठमाडौं । हंगेरीसँग बराबरी रोकिएको जर्मनी युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

गएराति भएको खेलमा हंगेरीसँगको खेल १–१ गोलको बराबरीमा टुंग्गिए पनि जर्मनी शीर्ष स्थानका साथ क्वाटरफाइनलमा प्रवेश गरेको हो।

अन्त्यतिर हंगेरीले विवादस्पद पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेको हो। इन्ज्योरी समयमा बार्नाबास भार्गासको प्रहार जर्मन डिफेन्डर रोबिन कोचको हातमा लागेको भन्दै भारबाट पेनाल्टी दिइएको थियो।

त्यसलाई हंगेरीका कप्तान डोमिनिक सोबोस्लाईले गोलमा परिणत गर्दै खेल बराबरी गरेका थिए। पहिलो हाफ बराबरीमा सकिएको खेलको ७६औँ मिनेटमा फेलिक्स नेमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।

बराबरीको नतिजाले जर्मनी लिग ए को ग्रुप ३ मा शीर्ष स्थानमै रहन सफल भयो।   

यही समूहमा रहेका बोस्निया हर्ज गोभिना र नेदरल्याण्ड्सले पनि एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बराबरीसँग नेदरल्याण्ड्स पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ। हंगेरी रेलिगेशन प्ले अफमा पुगेको छ भने बोस्निया भने रेलिगेशनमा परेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →