← समाचारमा फर्कनुस्
Football Nov 18, 2025 · Swadesh

विश्वकपमा थपिए जर्मनी र नेदरल्यान्ड्स

विश्वकपमा थपिए जर्मनी र नेदरल्यान्ड्स

अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकप २०२६ खेल्ने टिमको सूचीमा सोमबार जर्मनी र नेदरल्यान्ड्स पनि थपिएका छन् । समूह ‘ए’ मा जर्मनीले स्लोभाकियालाई ६–० ले हरायो । यो जितपछि जर्मनीको १५ अंक भयो । स्लोभाकिया १२ अंकमा दोस्रो स्थानमा रह्यो ।


अब स्लोभाकियाले प्ले–अफ खेल्नेछ । नेदरल्यान्ड्सले भने समूह ‘जी’ मा लिथुवानियालाई ४–० ले पराजित गर्‍यो र उसको २० अंक भएको छ । त्यस समूहमा पोल्यान्ड १७ अंमा रह्यो र दोस्रोमा रहेर उसले पनि प्ले अफ खेल्नेछ । दुवै टिमलाई छनोटका लागि बराबरी नै पर्याप्त थियो ।


अब १६ टिम सम्मलित प्ले–अफका खेल मार्चमा हुनेछन् । अहिलेसम्म ३४ देश विश्वकपका लागि छनोट भइसकेका छन् र १४ टिमको निर्णय हुन बाँकी छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →