← समाचारमा फर्कनुस्
जर्मनी र फ्रान्सको सजिलो जित

विश्वकपको युरोपेली छनोटमा शुक्रबार राति जर्मनी र फ्रान्सले अपेक्षित सजिलो जित निकालेका छन् । चार पल्टको विश्व च्याम्पियन जर्मनीले दस खेलाडीमा सीमित लक्जेम्बर्गलाई ४–० ले हरायो र त्यसमा कप्तान जोसुआ किम्चीले दुई गोल गरे ।
यो जितपछि जर्मनी समूह ‘ए’ को शीर्षमा रह्यो । त्यसै समूहमा उत्तरी आयरल्यान्डले स्लोभाकियालाई २–० ले हरायो । फ्रान्सले भने पेरिसमा अजरबैजानलाई ३–० ले पराजित गर्यो र त्यसमा केयलिन एमबापले पनि एक गोल गरे ।
आफ्नो देश र क्लबका लागि लगातार दसौं खेलमा उनले गोल गरेर उत्कृष्ट लय कायम राखेका छन् । समूह ‘डी’ मा फ्रान्स तीन खेलबाट नौ अंकसहित शीर्षमा छ । यसै समूहको अर्को खेलमा युक्रेनले आइसल्यान्डमाथि ५–३ को जित दर्ता गर्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |