← समाचारमा फर्कनुस्
Football Nov 24, 2024 · Swadesh

जिनियसद्वारा नेपाली राष्ट्रिय महिला फुटबल टोली नगदसहित सम्मानित

जिनियसद्वारा नेपाली राष्ट्रिय महिला फुटबल टोली नगदसहित सम्मानित

काठमाडौं । जिनियस आईबी वल्र्ड स्कुल, ललितपुरले वार्षिक खेलकुद दिवस– २०८१ को समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । 

लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा साफ महिला फुटबल च्याम्पियनसिप– २०२४ मा उत्कृष्ट प्रर्दशन गरेबापत जिनियसले टोलीलाई सम्मान गरेको हो ।

जिनियसका संस्थापक अध्यक्ष नवीनकुमार जोशीले मुख्य प्रशिक्षकसहित २६ सदस्यीय टोलीलाई प्रंशसा–पत्रसहित १ लाख ३० हजार नगद प्रदान गरे ।

संस्थापक अध्यक्ष जोशीले सम्मानले खेदकुदका माध्यमबाट राष्ट्रिय खेलाडीहरू प्रति कृतज्ञता व्यक्त गर्न र विद्यार्थीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपाली महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले यस प्रकारको सम्मानले खेलाडीहरूको मनोबल उच्च बनाउने बताउँदै विद्यालय परिवारप्रति आभार व्यक्त गरिन् । उनले खेलकुदको क्षेत्रमा अघि बढ्न यस्ता सम्मानले ठूलो प्रेरणा दिने बताउदै अझ उत्कृष्ट प्रदर्शनका लागि ऊर्जा थप्ने बताइन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक १४ गते भएको फाइनलमा नेपाल बंगलादेशसंग २–१ गोलले पराजित हुँदै उपविजेता बनेको थियो ।

संस्थापक अध्यक्ष जोशी, कप्तान एन्जिलालगायतले समापन समारोहमा विभिन्न प्रतिस्पर्धाका विजेता विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गरेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →