← समाचारमा फर्कनुस्
Football May 06, 2025 · Swadesh

असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने

असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने

पोखरा । गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ।

गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत मिति दिएको छ। एन्फाले आज गण्डकी प्रदेश फुटबल संघको नाममा पत्र काट्दै असार २८ देखी साउन ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न मिति दिएको हो। एन्फाको स्विकृत संगै गण्डकी प्रदेश फुटबल संघले प्रतियोगिताको तयारी समेत थालेको छ।

उक्त प्रतियोगितामा कुल ८ टिमको सहभागिता गराउने संघका महासचिव विनोद गुरुङले जानकारी दिए। उनका अनुसार विभागिय क्लब त्रिभुवन आर्मी र एपिएफ क्लबले सहभागिता जनाउने भइसकेका छन्। ‘एन्फाले डेट दिएपछि हामीले अब तयारी थालेका छौं। सोही मितिमा हामीले प्रतियोगिताको आयोजना गर्नेछौं’ उनले भने, ‘हामीले ८ टिमको मात्र सहभागिता गराउने तयारीमा छौं। यसका लागि आर्मी र एपिएफ आउने पक्का भएको छ भने गण्डकीको पनि टिम रहनेछ।’ पोखरामा महिला फुटबलको गतिविधि नै न्युन छ।

संघले महिला फुटबललाई प्राथमिकतामा राखेर महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको उनले सुनाए। जुन गण्डकी प्रदेशकै इतिहासमा पहिलो पटक हुनेछ। महासचिव गुरुङले दीर्घकालिन सोच राखेर अब महिला फुटबलको विकासका लागि संघले पहिलो कदम चालेको सुनाए। उनका अनुसार संघले प्रदेशभित्र यस अघि प्रतियोगिताको आयोजना नगरेपनि विभिन्न खेलाडी, प्रशिक्षक तथा रेफ्री विकासका लागि तालिम, गोष्ठि तथा कोर्ष सञ्चालन गर्दै आइरहेको थियो।

‘हामीले महिला फुटबलको विकास गर्ने उदेश्यका साथ पहिलो पटक महिला फुटबलको आयोजना गर्दैछौं। यसका लागि आवश्यक तयारीमा हामी जुटिरहेका छौं। अब त एन्फाले समेत डेट दिइसकेको छ’ उनले भने, ‘यो गण्डकी प्रदेशकै प्रतिष्ठीत प्रतियोगिता हुनेमा आशावादी छौं। हामीलाई महिला फुटबलको विकासमा लागेन भनेर धेरै गुनासो पनि आउने गरेको सत्य हो र त्यहाँ कहि न कहि हामी चुकेकै थियौं तर, हामी संगपनि बजेट छैन सबै सहयोगकै भरमा सञ्चालन गर्नुपर्ने बाध्यता छ तर, यसपटक हामीले यो काम आटेका छौं।’ उनका अनुसार गण्डकीमा महिला फुटबलको गतिविधि भएमा अहिलेका चर्चित विभागिय टिमलाई समेत टक्कर दिने बलियो टिम बन्नेछ।

महिला फुटबललाई अघि बढाउनकै लागि बागमति गोल्डकपमा टिम लिएर गएको सुनाउँदै उनले गण्डकीका महिला खेलाडीलाई निरन्तर प्रशिक्षण दिन सकेमा अबका केहि वर्षपछि उत्कृष्ट टिम बन्ने सुनाए। ‘हामीले बागमतिमा भएको गोल्डकपका लागि टिम छनोट गर्दा खेलाडीको उपस्थिति पनि राम्रो थियो। त्यहाँ निकै राम्रो खेल खेल्ने खेलाडीहरुको पनि सहभागिता थियो। उनीहरुलाई निरन्तर प्रशिक्षण दिन सकेमा गण्डकीको महिला फुटबलले गति लिनेछ’ उनले भने।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →