TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Mar 29, 2026 · Swadesh

एपिएफमाथि गण्डकीको ऐतिहासिक जित

एपिएफमाथि गण्डकीको ऐतिहासिक जित

काठमाडौं। गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफमाथि ऐतिहासिक जित दर्ता गरेको छ।


तल्लो मुलपानी क्रिकेट रंगशालामा आइतबार सम्पन्न खेलमा गण्डकी ४३ रनले विजयी भयो।


गण्डकीले दिएको १५१ रनको लक्ष्य पछ्याएको एपिएफ १८.३ ओभरमा सबै विकेट गुमाउँदै १०७ रनमै समेटियो। एपिएफका सुमित महर्जनले २२ रन बनाउँदा ओपनरद्वय लोकेश बम र आशिफ शेखले समान १४ रन जोडे। करन केसीले १७ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।


गण्डकीका अपराजित पौडेल र सिब्रिन श्रेष्ठले समान ३ विकेट लिए। सुवास भण्डारीले २ तथा कमल परियारले १ विकेट हात पारे।


यससँगै गण्डकीले जारी प्रतियोगितामा पहिलो जित दर्ता गर्नुका साथै एपिएफविरुद्ध इतिहासमै पहिलो पटक जित निकाल्न सफल भयो।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २१ ओभरमा ७ विकेट गुमाउँदै १५० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →