मध्यमार्गी मानसिकताको क्लब फुलहम

(इंग्लिस प्रिमियर लिग २०२५–२०२६ मा सहभागी हुने क्लबको चर्चाका क्रममा अब दसौं टिमको पालो । यो रहेको छ, लन्डनको एक अर्को क्लब फुलहम)
फुलहम पनि त्यस्तो टिम हो, जसबाट युरोपमा खेल्ने आश गर्न सकिन्न । तर यो टिम रेलिगेसनमा पर्नेछ, त्यो पनि भन्न सकिन्न । यस्तोमा फुलहम यसपल्टको लिगमा मध्य स्थानबाट केही तल हुनेछ । भनिन्छ, फुलहमको सोच नै मध्यमार्गी हुने गर्छ ।
त्यो भनेको प्रिमियर लिगमा चुनौती कायम रहे पुग्यो । केही यस्ता क्लब छन्, जसको विशेषता यस्तै हुने गर्छ, जस्तो, ब्राइटन, बर्नमाउथ र ब्रेन्टफोर्ड । पछिल्लो समय यी मध्यमागी क्लबको तुलनामा फुलहमको प्रदर्शन केही खस्केको छ । यति भन्दा भन्दै टिम आफैमा खराव छैन् ।
क्लबका प्रशिक्षक हुन्, मार्को सिल्भा । उनी पाँचौं सिजन कार्भेन कटेज टिम सम्हाल्दै छन् । सन् २०२२ मा फुलहमले प्रिमियर लिगमा ‘प्रमोसन’ पाएको थियो र त्यसयता टिमको प्रदर्शनमा एक खाले स्थिरता पाइन्छ । त्यसैले केही आलोचक भन्ने गर्छन्, फुलहममा ‘अल्ट्रा मोर्डन भाइभ्स’ पाइन्न ।
फुलहमको स्वामित्व साहिद खानको परिवारमा छ । उनीहरू क्लबलाई अगाडि बढाउन कति खर्च गर्न तयार छन्, यसले धेरै हदसम्म टिमको प्रदर्शन टिक्नेछ । पछिल्लो समय क्लब घाटामा चलिरहेको छ । क्लबलाई अबको सिजन चाहिने भनेकै एक खाले आक्रामक महत्त्वकांक्षी योजना हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |