← समाचारमा फर्कनुस्
शीर्ष स्थानको लिभरपुल स्तब्ध

काठमाडौँ । शीर्ष स्थानकाे लिभरपुल इङ्लिस प्रिमियर लिगमा फुलह्यामसँग स्तब्ध भएको छ।
आइतबार राति सम्पन्न खेलमा फुलह्यामले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
फुलह्यामको जितमा रयान सेसेगनोन, एलेक्स इवोबी र रोड्रीगो मुनिजले एक एक गोल गरेका थिए। त्यस्तै लिभरपुलका लागि एलेक्सिस म्याक अलिस्टर र लुइस डियाजले एक एक गोल गरेका थिए।
यो जितपछि फुलह्यामको ३१ खेलमा ४८ अंकसहित आठौ स्थानमा उक्लिएको छ। त्यस्तै लिभरपुल भने ३१ खेलमा ७३ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ। लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनल भन्दा ११ अंकले अगाडी रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |