← समाचारमा फर्कनुस्
Football Sep 21, 2026 · Swadesh

फुलहमसँग युनाइटेडको निराशाजनक बराबरी

फुलहमसँग युनाइटेडको निराशाजनक बराबरी

म्याथिस कुन्हाले खेलको अन्त्यतिर गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार फुलहमसँग १–१ को बराबरी खेलेको छ । यो नतिजा युनाइटेडका प्रशिक्षक माइकल क्यारेकका लागि निराशाजनक बराबरी रहनेछ ।

क्राभेन कटेजमा भएको खेलमा लिसान्ड्रो मार्टिनेजको आत्मघाती गोलले युनाइटेड पछाडि परेपछि कुन्हाले ८९ औं मिनेटमा गोल फर्काएका थिए । नयाँ सिजन लिगका पाँच खेलमध्ये युनाइटेडले अहिलेसम्म एकै खेलमा मात्र जित निकालन सकेको छ ।

यसअघिको खेलमा म्यानचेस्टर सिटीलेसन्डरल्यान्डलाई ५–३ ले पराजित गरेको थियो भने लिभरपुल बर्नमाउथमाथि  १–० ले विजयी रह्यो । सिटी शतप्रतिशत नतिजापछि १५ अंकमा शीर्ष स्थानमा छ । यस्तै लिड्स र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →