← समाचारमा फर्कनुस्
Football Nov 05, 2026 · Swadesh

लेन्समाथि कोमोको नौ गोल

लेन्समाथि कोमोको नौ गोल

इटालीको कोमाले युरोपेली च्याम्पियन्स लिगमा बुधबार त्यस्तो जित निकालेको छ, जुन प्रायः कल्पना गर्न सकिन्न । कोमोले लेन्सलाई फ्रान्सेली भूमिमै ९–१ ले हराएको हो । सन् १९९२ यता कुनै टिमले आठ गोलको अन्तरले हराएको यो नै पहिलो पटक हो ।

कोमोका लागि ग्रिक खेलाडी अनास्टासिस डोभिकासले ह्याट्रिक गरे । इटालीको घरेलु फुटबलमा राम्रो गरिरहेको कोमो अब युरोपमा पनि बलियो देखिन थालेको छ । कीर्तिमानी च्याम्पियन रियल म्याड्रिड भने एक अर्को पुर्नआगमन रच्दै एईके एथेन्सलाई ३–२ ले पराजित गर्‍यो ।

फेडरिको भाल्भेरडेले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे । इंग्लिस प्रिमियर लिग क्लबमध्ये म्यानचेस्टर सिटीले आरबी लाइपजिगलाई ३–२ र आर्सनलले स्लाभिया प्रागलाई २–१ ले पराजित गरे । तर लिभरपुल भने उत्तिकै भाग्यमानी रहेन् ।

लिभरपुल फेनेबाचेसँग ३–२ ले पराजित भएको छ र यससँगै उसको शतप्रतिशत सुरुआत रोकिएको छ । अन्य खेलमा बोरुसिया डर्टमुन्डले रियल बेटिसलाई २–१, एफसी पोर्टोले नेपोलीलाई ४–१, क्लब ब्रुगले पीएसभी आयनहोभनलाई २–१ र भाइकिङले सबाहलाई ४–१ ले पन्छायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →