इन्डोनेसियासॅंग नेपाल पराजित

थ्री नेसन्स कप अन्तर्गत बुधबार भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाल इन्डोनेसियासँग २–१ ले पराजित भएको छ । योग्यकार्ताको मागुवोहर्जो रंगशालामा इन्डोनेसिया एक गोलले पछाडि रहेको स्थितिबाट विजयी रहेको हो । नेपाल इन्डानेसियाको आत्मघाती गोलको मदतले अगाडि रहेको थियो ।
अनिता वस्नेतको कर्नरमा विमला विकले गरेको हेड प्रहारलाई इन्डानेसियाली डिफेन्डर भीभीले २० औं मिनेटमा आफ्नै पोस्टतर्फ प्रहार गरिन् । त्यसपछि इन्डानेसियाली कप्तान गेए युमान्डाले ५८ औं मिनेटमा बराबरी गोल गरिन् । निर्णायक गोल भने उया अलले ६७ औं मिनेटमा गरिन् ।
नेपालले आफ्ना कप्तान तथा प्रमुख खेलाडी सावित्रा भण्डारीविना खेलेको थियो र उनको अनुपस्थितिमा नेपालले आक्रमणमा संघर्षरत रह्यो । नेपालले अब अर्को खेलमा मंगलबार चिनिया ताइपेयीको सामना गर्नेछ । अन्तर्राष्ट्रिय महिला फुटबलमा इन्डोनेसियाविरुद्ध नेपालको यो दोस्रो हार हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |